Latest Movie :

भान्जाको हत्या गरी देउतालाई वली

रौतहट, जेठ १० । रौतहटको समनपुर गाविसमा भएको ३ वर्षिय बालक नितेश यादवको हत्या उनकै माईजुबाट भएको खुलेको छ । गएको शनिबार आमासँग समनपुर बजारमा गएका बेला हराएका नितेशलाई महादेवीले आफूसंगै लुकाई राखेर आईतबार आफ्नै तीन बर्षिय भान्जा नितेशकुमार यादवको घाँटी काटेर हत्या गरेको ईलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ ।यादवको शव मंगलवार भेटिएको थियो ।

धामी झाँक्री विद्या सिक्न देउतालाई वली दिन भन्दै माईजु समनपुर ८ टोकारटोल बस्ने महादेवी यादवले नितेशको हत्या गरेको ईलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ । महादेवीलाई प्रहरीले पक्रेको छ ।
Share this article :

Post a Comment

 

Copyright © 2011. TheNHDVideo - All Rights Reserved
Template Created by Krishna Neupaney
Proudly powered by Blogger