Latest Movie :

राष्ट्रपति डा रामवरण यादवद्धारा बजेटका विषयमा छलफल

काठमान्डौ असार २७ – राष्ट्रपति डा। रामवरण यादवले बजेटका विषयमा कांग्रेस एमाले लगायतका विपक्षी दलसित छलफल गर्नुभएको छ । शितल निवासमा बुधवार भएको छलफलमा दलका नेताहरुले राजनीतिक सहमति बिना सरकारले पूर्ण आकारको बजेट ल्याउन नपाउने भन्दै राष्ट्रपतिको ध्यानाकर्षण गराएका छन् ।दलहरुबीच मंगलवार भएको समहति अनुसार सरकारले तृतीयांश बजेट मात्र ल्याउन सक्ने आफुहरुले राष्ट्रपतिलाई बताएको नेपाली कागंरेसका नेता रामशरण महतले बताउनुभयो ।
उहाँले पूर्ण आकारको बजेट ल्याउन सरकारले दलहरुबीच सहमति गर्नुपर्ने र सहमतिका लागि प्रधानमन्त्री डा। बाबुराम भट्टराईले राजीनामा दिनुपर्नेमा जोड दिनुभयो ।एमालेका उपाध्यक्ष वामदेव गौतमले सहमति नै नगरी पूर्ण आकारको बजेट ल्याउनु असंवैधानिक भएको बताउनुभयो । सरकारले कानुनी
अड्चन फुकाएर पूर्ण आकारको बजेट ल्याउने तयारी गरेपछि विपक्षीदलले बुधवार राष्ट्रपतिसित छलफल गरेका हुन् ।
Share this article :

Post a Comment

 

Copyright © 2011. TheNHDVideo - All Rights Reserved
Template Created by Krishna Neupaney
Proudly powered by Blogger