
फिल्ममा 'भ्वायलेन्स' धेरै भएकाले यो फिल्म हेर्न मुटु निकै दर्हो बनाउनु पर्ने बिनिताको भनाई छ । 'चपली हाईटमा नै 'भ्वायलेन्स' भएका कारण एडल्ट सर्टिफिकेट पाएको थियो यसमा त झन् धेरै 'भ्वायलेन्स' छ त्यसैले सेन्सरले पक्कै एडल्ट सर्टिफिकेट दिन्छ', बिनिताले भनिन्, 'हामी पब्लिसिटी सामाग्रीमा पनि मुटुको समस्या हुनेले फिल्म नहेर्नुहोला भनेर जानकारी गराउने भएका छौं ।'
भाद्र ८ गतेबाट १५ गतेका लागि रिलिज पोस्टपोण्ड गरिएको सो फिल्मलाई कमलकृष्ण पौड्यालले निर्देशन गरेका हुन् । मोहनकृष्ण श्रेष्ठ, गजेन्द्र रञ्जित र बेनीज्योती गुभाजुले संयुक्त रूपमा निर्माण गरेको सो फिल्ममा बिनितालाई सबिन श्रेष्ठले साथ दिएका छन् । भाद्र ८ मा बिन्दास र रूद्राक्ष फिल्म पनि लाग्ने भएकाले तीन वटा नजुधाउने अभिप्रायले डेट सारिएको निर्माता बेनीले बताए । उनले भने, 'बिन्दासका निर्माता मधुकुमार श्रेष्ठले नजुधाउन आग्रह गर्नु भयो र हामीले १५ गतेका लागि राम्रो हल पनि पायौं त्यसैले सारेका हौं ।'
फिल्ममा निर्देशक कमलकृष्णको संगीत, कृष्ण श्रेष्ठको छायाँकन, साईमन राजबंशीको करियोग्राफी, चन्द्र पन्तको द्धन्द तथा नम्सको लेखन रहेको छ ।
Post a Comment