
शाक्यमुनि गौतम बुद्धले बुद्धत्व प्राप्त गरेको पवित्र महिनाको रूपमा साउन शुक्ल प्रतिपदाका दिनदेखि एक महिनासम्म गुँला पर्व मनाउने गरिन्छ । पर्वका अवसरमा आजदेखि स्वयम्भू पर्वतमा मेला लाग्ने गर्छ । नेवारी भाषामा ‘गुँ’ को अर्थ नौ हो भने ‘ला’को अर्थ महिना भएकोले नेपाल संवत्को नवौँ महिनाको पारु तिथि यो पर्व मनाउने गरिन्छ ।
हीनयान, महायान र बज्रयान तीनै समुदायका बौद्ध अनुयायीले आफ्नो परम्परागत संस्कृतिको संरक्षण एवम् बुद्ध प्रतिको आध्यात्मिक आस्थाले प्रेरित भएर दिनहुँ बिहान स्नान गरी बाजागाजा सहित स्त्रोत्र पाठ गर्दै स्वयम्भू महाचैत्य, प्रतापपुर, अनन्तपुरलगायतको दर्शन गर्ने र त्यस आसपास क्षेत्रको सम्पूर्ण तीर्थस्थलको परिक्रमा गर्ने प्रचलन रहेको छ ।
Post a Comment