Latest Movie :

बाढीका कारण दाङमा हजारौ घर डुबानमा Landslide obstructs road in Dang

गएरातिदेखि परेको अविरल बर्षाको कारण कालापानी खोलामा बाढी आउँदा दाङको सिसहनीया गाउँ विकास समितिका ४, ५, ६ र ७ नम्बर वडा पूरै डुवानमा परेको छ । जिल्ला प्रहरी कार्यालय दाङ्गका अनुसार दोलही खोला, सिंगई खोला, सानुनदी लगायतका खोलाहरुमा आएको बाढीका कारण झण्डै दुई हजार घर डुबानमा परेका छन् ।
बाढीका कारण सयौ हेक्टर जमिनमा भर्खरै लगाएको धानबाली नष्ट भएको छ । बाढी प्रभावित क्षेत्रमा रातैभरि जनपथ प्रहरी, शसस्त्र प्रहरी, नेपाली सेना, नेपाल रेडक्रस सोसाइटी लालमटिया उपशाखा र चैलाही उपशाखाका कार्यकर्ताहरु उद्दारमा खटिएका छन् । बाढी गाउँमा पसेपछि विचल्लीमा परेका स्थानियवासीहरुलाई प्रहरीले उद्दार गरेको थियो ।
लगातारको पानीका कारण भालुवाङ्ग पुल्चोकमा रहेको राजकुमार खड्काको घर भत्किएको छ । घर भत्किदा खड्का घाईते हुनुभएको छ । क्षतिको यकिन विवरण भने आई नसकेको प्रहरी प्रमुख गणेशबहादुर ऐरले जानकारी दिनुभयो ।

Share this article :

Post a Comment

 

Copyright © 2011. TheNHDVideo - All Rights Reserved
Template Created by Krishna Neupaney
Proudly powered by Blogger