Latest Movie :

बाध्यता बन्दैछ बादी महिलाको यौन पेशा

बादी महिलाहरुको यौनपेशा बाध्यता बन्न पुगेको छ । राजापुरका वादी महिलाहरुले चार वर्षअघि यौन पेशा त्याग्ने सोच बनाएपनी अझै सम्म यौन पेशा त्याग्न सकेका छैनन् । एकजना महिलाले यौन पेशामा लागेकै भरमा दश जनाको परिवारको लालनपालन गर्नुपर्ने समस्याले थिचिएका बादी महिलाहरु सरकारले भरपर्दो व्यवस्था नगरे यौन पेशा जारी रहने उनीहरुले बताएका हुन् । घरको आर्थिक अवस्था नाजुक भएकै कारण उनी यस पेशामा लाग्न बाध्य बन्दै गएको बताउछन् । वर्षोदेखि बादी समुदायका महिलाहरुले अपनाउदै आएको यौन पेशाले उनीहरुलाई परिवारको पेट पाल्न सघाएको त छ तर उनीहरुलाई आत्म सन्तुष्टि दिन सकेको छैन ।
Share this article :

Post a Comment

 

Copyright © 2011. TheNHDVideo - All Rights Reserved
Template Created by Krishna Neupaney
Proudly powered by Blogger