Latest Movie :

माओवादी विस्तारित बैठकमा कुटाकुट,प्रचण्डमाथि कुर्सी प्रहार News: Mawobade baithak ma kutakut

एकीकृत नेकपा माओवादीको जारी विस्तारित बैठकमा दुई पक्षबीच तनाव हुँदा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमाथि कुर्सी प्रहार भएको छ । पार्टी उपाध्यक्ष एवं प्रधानमन्त्री डा. बाबुराम भट्टराईमाथि प्रचण्ड पक्षधरका जनार्दन शर्भा प्रभाकरले हातपात गर्न खोजेको भन्दै भट्टराई पक्षका कार्यकर्ताले प्रचण्डलाई कुर्सीले हिर्काएका हुन् । तनाव बढेका कारण बैठक स्थगित गरिएको छ । स्रोतका अनुसार भोजपुरा राज्य समितिको टोली नेता बनाउने विषयमा विवाद भए पछि जनार्दन शर्मा र प्रभु शाह बिच कुर्सी हानाहान भएको हो । एउटा टोली नेता बनाएकोमा अर्कोलाई बोलाएकोमा विवाद भएको बुझिएको छ । यसैबीच, बैठकको समाचार संकलनका लागि रोक लगाइएको छ । समाचार संकलनका लागि पुगेका पत्रकारहरुलाई बैठक स्थल भृकुटी मण्डपको गेटमै रोकिएको छ । यसअघि संचारकर्मीहरुले भृकुटीमण्डपमा सहज पहुच पाएका थिए । पार्टी भित्रको आन्तरिक विवाद मिडियामा धेरै आएकोले सञ्चारकर्मीलाई गेटमै रोकिएको माओवादी स्रोतले जनाएको छ । बैठकको बन्द सत्रमा समूह छलफल र टोली नेताहरुले बोल्ने क्रम जारी छ । अध्यक्ष पुष्पकमल दाहालले प्रस्तुत गरेको दस्तावेज उपर १४ वटा समूहका टोली नेताले धारणा राख्ने क्रम चलिरहेको थियो । हिजो ७ समूहका टोली नेताले बोलेका थिए बाकीले आज बोल्ने क्रम थियो । यस अघि गत बुधबार पुर्व लडाकुहरुको अवरोधका कारण बैठक स्थगीत भएको थियो ।
Share this article :

Post a Comment

 

Copyright © 2011. TheNHDVideo - All Rights Reserved
Template Created by Krishna Neupaney
Proudly powered by Blogger